खार्पामा ‘अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु’

Posted on: 13 Oct, 2017

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङको शारदा माध्यमिक विद्धालय खार्पा प्राङगणमा अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुक्रवारवाट शुरु भएको छ । तिहार, छठ पर्वको अवसरमा लामिडाडाँ गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगितामा पालिका भित्र ६ वडाका एघार टिमले सहभागिता जनाएको छ । 

लामिडाडाँ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शारदा माविका शिक्षकहरु विच मैत्रीपुर्ण भलविल प्रतियोगिता हुंदै शुरु भएको शुक्रवारको पहिलो खेलमा लामिडाडाँ गाउँपालिका तीनका ‘ए’ टिमले रत्नराज्य लक्ष्मी मावि कुभिण्डे र सोही पालिका दुवेकोल पाँचको ‘वि’ टिमले खार्पा दुईका भलिवल टिम ‘सि’लाई पराजित गरेको छ ।

लामिडाडाँ गाउँपालिका प्रमुखको अध्यक्षतामा शुरु भएको प्रतियोगिता आगामी आईतवार समापन हुनेछ । वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताका विजयी प्रथम टिमले नगद तीस हजार, दोस्रो टिमले विस हजार र तृतिय टिमले पच्चिस हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने हांैचुर  ६ का वडाध्यक्ष यज्ञनारायण  श्रेष्ठले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!