जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगिताको उपाधी सल्यान किक्रेट क्लबले हात पार्यो

Posted on: 14 Oct, 2017

शंकर के सी | असोज २८, सल्यान | जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा एवाईसि कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको छ । सल्यानको खलंगा स्थित लुहापिङ खेल मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको कपुरकोटले निर्धारित २० ओभरको खेलमा १२.४ ओभरमा सबै विकेट गुमाउदै ५५ रनमा अल आउट भयो । कपुरकोटलाई सस्तैमा समेट्न सल्यान किक्रेट क्लबका ग्याल्जिन श्रेष्ठले ३ ओभरमा २० रन दिदै ३ विकेट लिएका थिए ।

यस्तै समिप श्रेष्ठ, विमर्श प्रधान र लभ झाले समान २–२ विकेट लिए । सल्यान क्रिकेट क्लबलाई जित दिलाउन नितेश श्रेष्ठले २ चौका प्रहार गर्दै २६ बलमा अबिजित २२ रन र सुरज श्रेष्ठले ३ चौका प्रहार गर्दै १० बलमा १४ रहेको योगदान दिए ।


बलिङ तर्फ कपुरकोटका मोती गिरीले ४ ओभरमा २१ रन दिदै २ विकेट हात पारे भने आयुुस शर्माले १ ओभरमा ११ रन दिदै १ विकेट हात पारे । कपुरकोटका ब्याट्सम्यान बिकास शर्माले १ चौका प्रहार गर्दै १५ बलमा २४ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

५६ रनको बिजय लक्ष्य पाएको सल्यान किक्रेट क्लबले १० ओभरमा ३ विकेटको क्षतीमा ५८ रन बनाएर लक्ष्य पुरा गरेको हो । खेलको म्यान अफ द म्याच सल्यान किक्रेट क्लबका ग्याल्जिन श्रेष्ठ घोषित भए ।

प्रतियोगितामा ११ विकेट लिदै सल्यान क्रिकेट क्लबका लभ झा बेस्ट बलर घोषित भए । यस्तै कपुरकोटका नितेश श्रेष्ठ ५७ रन बनाउदैँ बेस्ट ब्याट्सम्यान घोषित भए भने प्रतियोगिताकाकै बेस्ट प्लेयर कपुरकोटका राजु थापा घोषित भएको सल्यान क्रिकेट संघका अध्यक्ष सबिन हमालले जानकारी दिए । जित सँगै बिजेता बनेको सल्यान किक्रेट क्लबले नगद २० हजार सहित प्रमाणपत्र, मेडल र ट्रफि हात पारेको छ ।

यस्तै उपबिजेतामा चित्त बुझाउदैँ एवाईसि कपुरकोटले १० हजार नगद सहित प्रमाणपत्र र मेडल हात पारेको छ । सल्यान क्रिकेट संघको आयोजनामा असोज २५ गतेबाट शुरु भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा जिल्लाका ८ वटा कल्बको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!