प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

Posted on: 18 Oct, 2017

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा सम्पन्न फाईनल खेलमा पायल क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै कमलबजार उपाधि उचाल्न सफल भएको हो । 

अँधिकाश कैलाली जिल्लाका क्षेत्रिय स्तरका खेलाडीले भरिएको कमलबजारले पहीले टस जितेर ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा पायलले १२ ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । प्रथम कमलबजारले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको पायलले नगद २० हजार सहीत कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ण प्रदर्शन गरेका विकल्प विष्ट म्यान अफ द सिरिज, उत्कृष्ट ब्याडसम्यान बिकास खत्रि, उत्कष्ट विकेट किपर दिनेश साउद र फाईनल खेलको म्यान अफ द म्याच प्रेम थापा घोषित भएका छन । असोज २६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटा टिमको सभागिता रहेको थियो । 


यसैबिच प्रतियोगिताको एक कार्यक्रमका बिच समापन समेत गरिएको थियो । कमलबजार स्तरिय क्लबका अध्यक्ष खडक बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त मेयर तेज बहादुर बिष्ट प्रमुुख अतिथी र अछाम त्रिकेट सँघका अध्यक्ष विष्णु स्वार बिशिष्ट अतिथी रहनुु भएको थियो । कार्यक्रममा अछा क्रिकेट सँघका प्रशिक्षक लोकेन्द्र खत्रि, नेपाली काग्रेसका पुुष्प अधिकारी, कमलबजार नगरपालिकाका अन्य वडाका वडा अध्यक्ष, समाजसेवि, बुुद्धिजिवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!