नवलपरासीमा राइनो गोल्डकप: पहिलो खेल कसले जित्यो ?

Posted on: 30 Oct, 2017

कात्तिक १३, नवलपरासी (रासस) | काठमाडौँ उपत्यका बाहिरकै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । 

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित गर्यो  । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच हुनेछ । देशविदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिएको आयोजक नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । 

स्थानीय कोल्हुवामा गैँडा संरक्षणका लागि प्रतियोगिता १३ वर्षदेखि हुँदै आइरहेको छ । प्रतियोगितामा आयोजकसहित देशभरका ए डिभिजनका ११ सहित १२ टोलीको सहभागिता छ । उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!