राष्ट्रिय कराँतेका लागि पुर्वाञ्चल छनौट सम्पन्न, खोटाङको ह्याट्रिक, ७ जना छानिए

Posted on: 07 Nov, 2017

चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । कराँतेका विभिन्न विधामा १५ खेलाडी तथा ६ महिला काता टिम छनौटमा परेका छन् । खोटाङका ६ खेलाडी तथा महिला काता टिममा खोटाङ जिल्ला टप गरेर कराँतेको ईतिहासमा पहिलो रेर्कड बनाएको छ ।

कराँतेको विधामा पर्ने पुरुष कुमितेमा खोटाङका  नबिन राई (५५ किलो) सन्तोष राई (६० किलो) र सुजन राई (६७ किलो) अन्तरगत छनौटमा परेका हुन् । कुमार राई सुनसरी  (४५ किलो) तेह्रथुमका बिबेक थापा (५० किलो) झापाका सन्त राई (७५ किलो), ईलामका भेषराज राई (८४ किलो), ईलामकै दिपेश घिमिरे (८४ किलो) गरी ८ जना कुमितेमा छानिएका हुन् ।

यस्तै, पुरुष टिम काता तर्फ खोटाङका सुमन राई, मोतिचन्द्र राई र नबिन राईले जित हाँसिल गरेर खोटाङको नाम उच्च बनाउनु भएको छ । खोटाङसंगै पुरुष एकल कातातर्फ सुनसरीका रोहित राई पनि छनौटमा परेका छन् ।

महिला कुमितेतर् खोटाङका ३ महिलासहित ७ जना महिलाहरु छानिएका छन् । ५५ किलोमा बिध्याकला राई, ६१ किलोमा जस्मिन राई र ६८ किलोमा मिस्डोना राई खोटाङकी हुन् । झापाकी ओसिस श्रेष्ठ (४० किलो), सुनसरीकी मेघा लिम्बु (४५ किलो ), ईलामकी प्रिती बस्नेत (५० किलो) र मोरङकी कृति दुलाल (६८ किलो) र महिला एकल कातामा सुनसरीका रोसिमा पिन्यांग राई छनौटमा परेका हुन् ।

यसैगरी, ७ स्वर्ण ३ रजत ५ कास्यसहित खोटांङको टिम प्रथम, ५ स्वर्ण ४ रजत ३ कास्य लिएर सुनसरी दोश्रो र ३ स्वर्ण १ रजत ५ कास्यमा इलाम तेश्रो भएको छ । २ स्वर्ण लिएर झापा चौथो वनेको नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष तथा खेलका लागि टिम प्रशिक्षक सञ्जय कुमार राइले जानकारी दिनुभयो । छनौटमा परेका खेलाडीहरु राष्ट्रिय टिम छनौटका लागि मंगलवार काठमाण्डौ जादैछन् । उनीहरुले १३ औ साउथ एसियन, १८ औ एसियन गेम खेल्न पाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!