यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ परे नेदरल्याण्डका नागरिक

Posted on: 11 Nov, 2017

कात्तिक २५, काठमाडौँ (रासस) | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ । 

ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो । 

पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

बाल दुराचार अपराधमा अधिकतम १३ वर्षसम्म कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानूनी व्यवस्था रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!