प्यासन क्रिकेट कपमा ईन्टरनेस्नल र अनिरुद्र विजयी

Posted on: 28 Nov, 2017

मङ्सिर १२, महेन्द्रनगर । महेन्द्रनगरमा जारी प्यासन क्रिकेट कपको दास्रो संस्करण अन्र्तगत मंगलबार भएको खेलमा ईन्टरनेस्नल र अनिरुद्र विजयी भएका छन । 

मंगलबार भएको पहिलो खेलमा ईन्टरनेस्नलले आदर्श माध्यमिकलाई ५९ रनले पराजित गरेको हो ।  टस जितेर व्याटीङ रोजेको ईन्टरनेसनलले निर्धारित २० ओभरका २ विकेट गुमाउदैँ १ सय ९४ रन बनाएको थियो । उसका लागी दिपेश चन्दले उतकृष्ट पारि खेल्दै सर्वाधिक ६० बलमा १ सय ८ रनको रोडेका थिए । 

त्यस्तै अर्का व्याटस् म्यान विकास बमले ४२ तथा निराजन ऐरले नट आउट २५ रनको योगदान गरेका थिए । आदर्शका लागी बोलिङ तर्फ नरेश बोहराले ४ ओभर बोलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिएका थिए । भने अन्य बोलरले गतिलो प्रदर्शन गर्ने सकेनन् । आदर्शका लागी बोलिङ तर्फ रोमन बमले सर्वाधिक २७ बलमा ४४ तथा रविन साउदले २२ बलमा २० रनको पारि खेलेका थिए । यस खलेको म्यान अफ द म्याच दिपेन्द्र चन्द घोषित भए । त्यस्तै मंगलबारै भएको दास्रो खेल अन्र्तगत अनिरुद्रले वेष्र्टन पब्लिक एकेडेमि माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ । 

टस जितेर व्याटिङ गरेको वेष्र्टनले निर्धारित २० ओभरमा १ सय १७ रनको बनाएको थियो । उसका लागी दान सिंह ठगुन्नाले २३ बलमा २३ रन तथा सुरज बोहराले १४ रनको योगदान गरेको थिए । अनिरुद्रका बोलिङ् तर्फ कैलास ऐरले ४ ओभर बोलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिएका थिए ।

 त्यस्तै सुरज तिरुवा र सरोज ऐरले समान २/२ विकेट लिएका थिए । जवाफि व्याटिङ गरेको मात्र दुई विकेटको क्षतिका लक्ष्य प्राप्थ ग¥यो । उसका लागी सरोज ऐरले सर्वाधिक ५० बलमा ५३ रनको पारि र सरोज तिरुवाले २० बलमा २४ रन बनाएका थिए । बुधबारको पहिलो खेल सनराईज र वेष्र्टन र दासा्रे खेल अत्तरिया र आई. पी स्कुल विच हुने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!