बाक्सिलामा प्रथम गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता हुने

Posted on: 30 Nov, 2017

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ ।  खोटाङको केपिलासगढी गाउँपालिका बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । 

केपिलासगढी गाउँपालिका, नेपाल सितोरियो करातेसंघको संयुक्त आयोजनामा आगामी मंसिर २६/२७ गते दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता हुने संघले बुधवार दिक्तेलस्थित ईन्द्रेणी होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

“स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने मुल उद्देश्यका साथ हुने राष्ट्रिय प्रतियोगितामा आयोजक टिम बाक्सिलासहित कास्की, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, सिराह, तेह्रथुम, संखुवासभा, कैलाली, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङगरी १२ टिमको सहभागिता रहने बाक्सिला डोजो प्रमुख देउधन राईले बताउनुभयो । 


प्रतियोगिता अन्तरगत पुरुष कुमितेमा ३० केजी तौल समुह, ३५ केजी तौल समुह, ४० केजी तौल समुह, ४५ केजी तौल समुह, ५० केजी तौल समुह, ५५ केजी तौल समुह, ६० केजी तौल समुह, ६७ केजी तौल समुह र ७५ केजी तौल समुह रहनेछ । 

महिला कुमिते तर्फ ४० केजी तौल समुह, ४५ केजी तौल समुह, ५० केजी तौल समुह, ५५ केजी तौल समुह, ६० केजी तौल समुह, ६८ केजी तौल समुह तथा पुरुष÷महिला एकल कातातर्फ १/१ सहित १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका निमित्त २०४ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ५० हजार, दोश्रो हुने टिमलाई ३० हजार र तेश्रो हुने टिमलाई २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताए । गाउँपालिका र चन्दा संकलनबाट जम्मा हुने साँढे नौ लाखको खर्चमा प्रतियोगीतामा गर्न लागिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!