पर्यटकीय स्थलको प्रवद्धन गर्न शिवगढीमा फुटवल खेल हुँदै

Posted on: 03 Jan, 2018

माधव बेल्वासे/पुस १९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवद्धन गर्ने उद्देश्य सहित १७औं  फुटवल प्रतियोगीता विहिवारवाट सुरु हुने भएको छ ।

 सुर्यमुखी युवा क्लव शिवगढीको आयोजनामा हुने खेलको तयारी पुरा भएको वताइएको छ ।विकाश र परिवर्तनका लागी युवा अघि सरौ,शिवगढी लाई पर्यटकीयको रुपमा विकाश गरौ भन्ने नारा सहित खेल आयोजना गरिएको हो ।

 कपिलवस्तु शिवगढी क्षेत्र पर्यटकी स्थल रहेता पनि ओझेलमा परिरहेकोले यसलाई प्रवद्धन गर्ने उद्देश्यले विगत का वर्षमा जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष संकलप गुरुङ ले वताउनु भयो ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने लाई ४० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र र तृतिय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाण पत्र महिला तर्फ प्रथम १० हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र, द्धितृय ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।खेलमा २० समुहहरु दर्ता भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!