गुल्मीमा गठन गरियो मदन भण्डारी स्पोर्टस एकेडेमी

Posted on: 31 Jan, 2018

प्रेम सुनार | माघ १७, गुल्मी । नेकपा एमालेका नेता स्वर्गिय मदन भण्डारीका नाममा आज स्पोर्ट्स एकेडेमी सञ्चालन कमिटी गठन गरिएको छ । 

 नेकपा एमालेको पार्टी कार्यालयमा आज वसेको मदन भण्डारी स्र्पोटस एकेडेमीको प्रथम भेलाले जिल्लाका वरिष्ठ खेलाडी ओशन काउछाका नामले परिचित टेकबहादुर काउछाको नेतृत्वमा ३३ सदस्यी कमिटी गठन गरिएको हो ।   उक्त एकेडेमीका  केन्द्रिय अध्यक्ष तथा ५ नम्वर प्रदेश ईञ्चार्ज ध्रुव आचार्यको प्रमुख आथित्यतामा  गुल्मी जिल्ला कमिटी गठन गरिएको  थियो । प्रमुख अतिथी आचार्यले मदन भण्डारी स्पोर्टस एकेडेमीको उद्देश्यवारे प्रकाश पार्दैं प्रशिक्षण मुलक मन्तब्य राखेका थिए । 


 त्यस्तै  नेकपा एमालेका जिल्ला सदस्य हिमाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारी, राष्ट्रिय युवा परिषदका  जिल्ला अध्यक्ष राजेन्द्रविक्रम कुँवर,  एकेडेमी ५ नम्वर प्रदेश सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले  स्वर्गिय मदन भण्डारीको राजनैतिक संघर्ष वारे प्रकाश पारेका थिए । 

एकेडेमीका ५ नम्वर प्रदेश प्रदेश कमिटी अध्यक्ष नरबहादुर घर्तिको अध्यक्षतामा बसेको प्रथम भेलामा  कमिटीको प्रदेश कोषाध्यक्ष मिनप्रसाल पोखरेलले धन्यवाद मन्तव्य राखेका थिए भने प्रदेश सदस्य मनोज काउछाको स्वागत मन्तव्य र  प्रदेश सचिव मेघराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । \


यस बिषयमा तपाइको प्रतिक्रिया...!