रामेछाप सिभिल च्याम्पियनसिपको उद्घाटन, खेल कर्भड हल निर्माण गर्ने विष्टको भनाई

Posted on: 31 Jan, 2018

माघ १७, रामेछाप । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्डहल बनाउन राखेपले सहयोग गर्ने बताएका छन्  । 

वुधवार रामेछाप सिभिल च्याम्पियनसिप तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यस्तो धारणा राखेका हुन् ।


 उनले जिल्ला खेलकुद विकास समिति रामेछापलाई खेल हेर्न आउने दर्शकहरु बस्ने सुविधासम्पन्न कभर्डहल बनाउनको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिदै राखेपले छिट्टै प्राविधिक टोली समेत रामेछाप पठाएर कभर्डहलको लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गर्न लगाउने समेत प्रतिवद्धता जनाए  । 

सदस्य सचिव विष्टले रामेछापको सदरमुकाम मन्थली स्थीत खेल मैदानको पनि स्थलगत अबलोकन पनि गरेका छन् । प्रतियोगितामा साविकका पाँच विकास क्षेत्र र अन्य पाँच टिम गरी १० टिमको सहभागिता रहेको छ ।

  

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले सहभातिगा जनाएका छन् । 

त्यसैगरी  रामेछापका हिमगंगा, नमुनादिप युवा क्लब, लोकतान्त्रिक खेलकुद संघ, मन्थली युनाइटेड समाज र शान्तिदीप युवा क्लबको सहभागिता जनाएका छन् । 


बुधबार भएको उद्घाटन खेलमा पुर्वाञ्चल टिमलाई मध्यमाञ्चल टिमले ३—२ को सेटले हराएको छ ।  प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुने टिमले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सानत्वना हुने टिमले ३५ हजार नगद पाउने छ । 

त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, ब्लकर, सेटर, स्पाइकर र उत्कृष्ट सर्वरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!