बबिन स्मृति ब्याडमिन्टन माघ अन्तिम साता

Posted on: 02 Feb, 2018

माघ १९, काठमाडौँ | किङ कम स्पोर्टस् क्लब, भीमसेनगोलाको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता यही माघ २७ गतेदेखि हुने भएको छ । 

पुरुष जोडीमा मात्र खेलाइने सो प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २०औँ बरियतामा परेका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी दिनुभयो । 

नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाइने उक्त प्रतियोगितामा उपाधि विजेता जोडीले रनिङ शिल्ड, मेडल र प्रमाणपत्रका साथै रु ४० हजार प्राप्त गर्ने छन् । दोस्रो हुनेले रु २५ हजार तथा तेस्रो हुने जोडीले रु १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ३६ टोलीको सहभागिता रहने अपेक्षा गरिएको संयोजक रायमाझीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!