खेलकुदलाई संख्यात्मक र गुणात्मकरुपमा प्रवर्धनका लागि छनौट

Posted on: 03 Feb, 2018

भास्कर केसी/माघ २०, कञ्चनपुर । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (यसएएन)ले बालबालिकाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने र जनचेतना जगाउन खेलकुदलाई स्थानीय स्तर सम्म पुरयाउने उद्देश्यले खेलकुदलाई संख्यात्मक र गुणात्मकरुपमा प्रवर्धन गर्ने र वैज्ञानिक र विधिवत ढंगबाट प्रशिक्षण गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रतिभा पहिचान तथा विकास परियोजना (टिआइडि) अन्तर्गत यही माघ १८ गते देखि २१ गते सम्म छनौट कार्य सञ्चालन गरिएको (यसएएन) विज्ञ हिरा पन्त (भट्ट)ले जानकारी गराउनु भयो ।


जसमा विभिन्न १०–१२ वर्ष उमेर समुहका बालबालिकाहरु भलिबल, कबड्डी र एथलेटिक्स खेलका लागि छनौठ गरी फाल्गनु ३ गते देखि नियमित प्रशिक्षण कार्य गराइने छ ।

उक्त कार्यका लागि (एसएएन)ले कञ्चनपुर जिल्ला खेलकुद विकास समिति सँग सहकार्य गरी कार्य अगाडी बढाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!