आईसीसी विश्व क्रिकेट लिगमा नेपालले पायो १३९ रनको लक्ष्य

Posted on: 08 Feb, 2018

माघ २५, काठमाडौँ | आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । 

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो । 

नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२÷२२ रन बनाए । 

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक÷एक विकेट लिए । 

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!