चौथो खेलमा नेपाललाई एक सय ७८ रनको लक्ष्य, सन्दीपले लिए पाँच विकेट

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौं | नामिबियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नो चौथो खेलमा केन्याविरुद्ध भिडिरहेको नेपालले एक सय ७८ रनको लक्ष पाएको छ।

केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोड्यो। नेपालका युवा स्पिनर सन्दिप लामिछाने एक्लै पाँच विकेट लिए।

१० ओभर बलिङ गरेका सन्दिपले पाँच मेडन राख्दै २० रन खर्चिए। वसन्त रेग्मी , शरद भेषावकर र सोमपाल कामीले एक एक विकेट हात पारे ।

पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको केन्याका सुरुका दुई विकेट सन्दीपले लिएका थिए।

केन्याले एक सय तीन रन जोड्दा बसन्तले तेस्रो विकेटका रुपमा विकेट किपर इरफान करिमलाई ४२ रनमा आउट गरे। त्यसपछि आफ्नो सातौं ओभर लिएर आएका सन्दीपले त्यस ओभरमा दुई विकेट लिएका थिए।

उनले ३४औ ओभरको पहिलो दुई बलमा दुई विकेट लिएका हुन्। सन्दीपले आफ्नो १०औं तथा अन्तिम ओभरमा एक विकेट लिएर पाँच विकेट पुरा गरेका थिए।

१७औ‌ ओभरको अन्तिम बलमा सन्दीपले एलेक्स ओबान्डालाइ व्‍यक्तिगत ४१ रनमा बोल्ड आउट गर्दै केन्याको पहिलो विकेट साझेदारी तोडेका थिए।

उनले १९ औं‌ ओभरमा दोस्रो विकेट लिए। त्यसपछिका आफ्ना लगातार दुई ओभर सन्दीपले मेडन फ्याँके।

उनले आइतबार यूएइविरुद्ध पहिलो ओभरमै दुई विकेट लिएका थिए। त्यतिबेला लगातार बलमा उनले विकेट हात पारेका थिए।

सन्दीपले प्रतियोगिताका आफ्ना चार खेलमा १४ विकेट लिएका छन्। नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले ओमानविरुद्ध दुई र यूएइविरुद्ध तीन विकेट लिएका थिए।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दोसो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!