अन्तिम १ बल बाँकी छँदा नेपालले जित्यो केन्या सँगको खेल

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौँ | रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

खेलमा आरिफले ४२ रन बनाएर आउट भए भने रोहित पौडेलले ४७ रन बनाएर आएट भए । अन्तिम बल बाँकीँ छँदै सोमपाल कामीले २ रन बनाएपछि खेल नेपालले ३ विकेटले जितेको हो ।

१७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको थियो। तर अन्तिममा विस्तारै रन लिएका नेपाली खेलाडीहरूले रोमाञ्चक जित दर्ता गर्दा गराएरै छोडे। यो सँगै नेपाल विश्वकप छनोट खेल्न लगभग छनोट भएको छ। अब अन्तिम खेलमा क्यानडालाई जितेमा नेपालले समूह विजेता हुँदै विश्वकप छनोट खेल्न पाउनेछ।

नेपालका लागि सरद भेषवाकर पनि १९ रनको व्यक्तिगत स्कोरमा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे।

यसअघि कप्तान पारस खड्काले नेपालका लागि केही आशा गर्ने ठाउँ बनाएका थिए। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्।

४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके। २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए।

राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो।

त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई  विकेट खेर फाल्यो। ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!