शिब रात्रीको अवसरमा परिवर्तनशिल युवा क्लबको विविध खेलकुद कार्यक्रम

Posted on: 13 Feb, 2018

फाल्गुन १, अर्घाखाँची | अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वाड नं १ ओखटेमा रहेको परिवर्तनशिल युवा कल्वले  शिब रात्रीको अवसरमा विविध खेलकुद तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले समाजिक काममा क्लबले देखाएको उदारताको प्रशंसा गर्नुभयो । निस्वार्थ भावनाले समाजमा गरेका कामको मुल्याङकन हुने भन्दै खनालले, क्लबको विकासको लागी आफु लागिपर्ने बताउनु भयो ।

विशिष्ट अतिथी हरि प्रसाद भुसालले क्लबले गरेको कामको प्रशंसा गर्दै, २ हजार नगद सहयोग गर्नु भएको थियो ।


कार्यक्रममा वडा सदस्य गोपाल नेपाली, बालशिक्षा माविका प्रधानाध्यापक हिमलाल खनाल, राष्टिय जनमोर्चाका प्रतिनिधी राम ब नेपाली, नेकपा माओवादी केन्द्रका बाबुराम खनाल, पत्रकार डिएनके कुँवर लगायतले बोल्नु भएको थियो । 

कार्यक्रममा ५०० मिटरको दौड प्रतियोगिता भएको थियो । जस्मा प्रथम, चाम ब गमाल , द्धितिय केशब खनाल, तृतिय शुशिल भुसाल भएका छन । साथै मनोरन्जनात्मक घैंटोफोर कार्यक्रम पनी भएको थियो ।

कल्वका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता तथा कृष्ण खनाल क को संचालनमा कार्यक्रम सम्पन्न भएको पत्रकार डिएनके कुँवरले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!