निष्ट लिटील फ्लावर प्रमियर लिगमा आयोजक र सिद्धार्थको विजयी सुरुवात

Posted on: 27 Feb, 2018

फागुन १५, धनगढी । धनगढीमा आजदेखी निष्ट लिटील फ्लावर प्रमियर लिग राष्ट्रिय स्कुल स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । 

प्रतियोगीतामा आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुल र सिद्धार्थ सिशु सदनले विजयी सुरुवात गरेका छन् । 

आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्धघाटन खेलमा धनगढी माविलाई ४ रनले पराजित गर्दै लिटील फ्लावरले विजयी सुरुवात गरेको छ । 

टस जितेर व्याटीङ गरेको लिटील फ्लावरले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १ सय ३८ रन बनायो ।

उस्का लागी नारायण जोशीले २९ बलमा ५३ रनको पारी खेलेका थिए । धनगढी माविका कप्तान रोशन रावल र अमन पन्थीले समान ३÷३ विकेट लिए भने भुपेन्द्र थापाले २ विकेट लिए । 

१ सय ३९ रनको मध्यम लक्ष्यका साथ मैदान उत्रिएको धनगढी उच्चमावी पुरै २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३४ रनमा समेटीएको हो । अन्तीम ओभरमा जितका लागी १७ रन आवश्यक रहेकोमा धनगढी माविले १२ रन मात्रै बनाउन सक्यो । 

धनगढी माविका लागी अमन लामा र सुवोध ऐररले समान २८÷२८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यम कार्कीले २४ रन बनाए । लटील फ्लावरका नारायण जोशी र अनिल थापाले समान २÷२ विकेट लिए । 

खेलको म्यान अफ द म्याच लिटील फ्लावरका ननारायण जोशी भए । आजै भएको दोश्रो खेलमा सिद्धार्थ सिशु सदनले कञ्चनपुरको विचडम एकेडेमीलाई ४२ रनले पराजीत गरेको छ । 

टस जितेर व्याटीङ गरेको सिद्धार्थ सिशु सदनले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनायो । उस्का लागी किरण ठगुन्नाले ४९ र प्रकाश सिहले ४४ रन बनाए । 

विचडमका पवन कार्की, चन्द्र कार्की र बसन्त कार्कीले समान १÷१ विकेट लिए । १ सय ४४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विचडमले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १ सय १ रन मात्रै बनाउन सक्यो । 

विचडमका लागी बसन्त कार्कीले ३८ र लोकेश बलमे १८ र बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । सिद्धार्थका प्रकाश सिह, सिफ्टेन अन्सारी र दिपेन्द्र थापाले समान १–१ विकेट लिए ।

यसअघि प्रतियोगीताको एक समारोहका बिच सामाजीक विकास मन्त्री दिर्घ सोडारीले उद्धघाटन गर्नुभएको थियो । प्रतियोगीताको उद्धघाटन गर्दै मन्त्री सोडारीले खेल क्षेत्रमा धेरै गतिवीधी बढेकाले अव धनगढी खेलकुदको शहर बन्नेमा आशावादी रहेको बताउनुभयो । 

आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा निष्ट कलेजका अङग्रेजी विभाग प्रमुख केशव धामी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश वहादुर सिह, कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिह, कैलाली जिल्ला क्रिकेट संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । 

यस्तै क्रिकेटबाट सुदुरश्चिमलाई चिनाएको भन्दै खेलाडी नारायण जोशी, सुवोद ऐर र क्रिकेट संघ कैलालीका उपाध्यक्ष बाबुराजा श्रेष्ठलाई सम्मान पनि गरीएको छ ।

प्रतियोगीतामा देशभरीबाट १२ टिमले सहभागीता जनाएका प्रतियोगीताका संयोजक कलेन्द्र शाहीले बताउनुभयो । प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका टिमहरुको पनि सहभागीता रहेको छ । 

प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताउनुभयो । 

धनगढीले क्रिकेटमा राष्ट्रीय पहिचान बनाईरहेका बेला विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा जोड दिन प्रतियोगीता आयोजना गर्न लागीएको प्रतियोगीताका निर्देशक शाहीले बताउनुभयो । प्रतियोगीता अन्तरग भोली तिन वटा खेल हुनेछन् । 

नवराज पनेरुको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!