टेष्ट राष्ट्रविरुद्ध नेपालको दोश्रो खेल, आज जिम्बाब्बेसँग खेल्दै

Posted on: 04 Mar, 2018

फागुन २०, काठमाडौं । आइसीसी एकविदवशीय विश्वकप छनौटका लागि आज नेपाल र जिम्बाबेबीच जिम्बाबेको घरेलु मैदानमा खेल सुरु हुँदैछ । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

आजको खेल नेपाली समयअनुसार दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो पटक हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।

आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । जिम्बाब्बेलाई स्तब्ध तुल्याउन सके नेपाललाई अघि बढ्न मार्गप्रशसस्त हुनेछ । तर नतिजा जिम्बाब्बेको पक्षमा गएमा नेपालको यात्रा सहज हुनेछैन ।

डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।

डिभिजन–२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!