नौ पटकसम्म विश्वकप खेलेको जिम्वावेले १० बर्षपछी बदला लिन सक्ला ? के-के छन् नेपालले जित्ने आधार ?

Posted on: 04 Mar, 2018

फागुन २०, काठमाडौं | एकदिवसीय विश्वकप क्रिकेट छनौट अन्तर्गत पहिलो खेलमा आज दिउसो सवा १ बजेदेखि नेपाल र घरेलु टोली जिम्बावेबीच क्रिकेट प्रतिष्पर्धा हुँदैछ । जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा हुने उक्त खेलमा नौ पटकसम्म विश्वकप खेलेको जिम्वावेलाई पराजित गर्नु नेपालको लागि ठूलो चुनौती छ तर असम्भव भने छैन ।

नेपालको भविष्यवाणी गर्न नसकिने खालको खेलको कारण जिम्वावे पनि नेपालसँग स-शंकित छ । जस्तो उत्कृष्ट खेल जिम्वावेले खेले पनि नेपालले उत्तिकै सामना गर्न सक्ने क्षमता राख्ने हुँदा पनि आजको खेल दुवैदेशका क्रिकेट समर्थकहरुलाई चासोको बिषय बनेको छ । जिम्बाबे छनोट खेलको १० टीममध्ये सबैभन्दा बलियोमध्येको एक टिम भएको कारण पनि आजको खेल चासोको साथ हेरिएको छ । यदी आजको खेल नेपालको पक्षमा आए त्यो नै छनोट खेलको ठूलो उपलब्धि हुन्छ । 

नेपालको लागि विश्वकप छनोटको आजको खेल तेश्रो पटकको विश्वकप छनोट खेल हो । तर नेपालले यस पटक एकदिवसीय खेलमा पहिलोपटक टेष्ट मान्यता प्राप्त देशसँग पहिलो खेल खेल्दैछ । 

नेपाल र जिम्वावे विचको टक्कर यस अघि १९ वर्ष मुनिको समुहमा खेलेको थियो । सन् २००८ मा भएको उक्त खेलमा नेपालले जिम्बावेलाई दुई विकेटले पराजित गरेको थियो । जुन खेल महत्वपूर्ण यस कारण मानिन्छ कि त्यतिबेला अन्डर-१९ को खेल खेलेका पारस खड्कानै आज पनि कप्तानका रुपमा जिम्वावेसँग प्रतिश्पर्दामा हुनेछन् । यसको मतलव त्यतिबेला जिम्वावेको लागि खेलेका केहि खेलाडी पनि आजको खेलमा रहनेछन् । आजको खेलले १० बर्षपछीको नेपाल र जिम्वावेबीचको क्रिकेटलाई तुलनात्मक रुपमा बलियो र उमेरमा पनि केहि पाको बनाएको हुँदा कुन देशको टिम बढी बलियो बनेछ भन्ने कुरा हेर्न पाइनेछ । २००८ मा नेपालले जित्दा आज त्यसको बदला लिने उध्यश्यले जिम्वावेले खेल्नेछ भने नेपालले त्यतिखेरको जितको बलमा जितिन्छ भन्ने मनोवलमा खेल्नेछ । 

नेपालको अर्को जितको आधार युवा खेलाडी नै हो ।  विश्वकप खेल्नको लागि छनोटमा परेका १० राष्ट्रहरुमा नेपालका सबै युवा जोसका खेलाडी छन् । पारस खड्काको यस कारण पनि नेपालले जित्ने दावी छ । नेपालले आफ्ना युवा खेलाडीको भरोशामा आजको खेलमा उत्कृष्ट पर्दर्शन गर्ने विस्स्वास छ । तर नेपालको फिल्ड भन्दा पनि ब्याटिङ कमजोर हुँदा जितको लागि नेपालले ब्याटिङमा धमाका मच्याउनु आवश्यक छ । आजको खेलमा टस जित्न सके नेपाललाई जितको थप आशा हुनेछ । 

यस अघिको खेलमा केहि खेलाडी जम्न नसके पनि केहिले अपत्यारिलो पर्दर्शन गरेकाले आजको नेपाली खेलले नै छनोटको आशा गर्न सकिने वा नसकिने देखाउनेछ । विश्वकपका छनोट खेलमा छानिएर आउनुनै पहिलो ताकत भएकाले नेपालको खेल नराम्रो भन्न मिल्दैन तर टेष्ट राष्ट्रसँग भिड्दा नेपालले हारेपनि धेरै सिक्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!