अछाममा अहीलेसम्मकै ठुलो धनराशिको जिल्ला स्तरिय क्रिकेट हुँदै

Posted on: 06 Mar, 2018

कमल रावल | फागुन २२, अछाम | अछामको साँफेबगर नगरपालिकामा अहीले सम्मकै सबैभन्दा ठुलो धनराशिको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । साफेबगर नगरपालिकाको सहयोग तथा आयोजनामा प्रथम मेयर कप १ लाख धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितमा प्रथम हुने टिमले नगद १ लाख सहीत कप, मेडल, प्रमाणपत्र हात पार्ने छ भने उपविजेता हुने टिमले नगद २५ हजार हात पार्नुका सथै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक जना खेलाडीलाई म्यान अफ द सिरिज बापत ५ हजार पुरुस्कार प्रदान गरिने भएको छ । सहयोग र आयोजना साफेबगर नगरपालिकाले गरेपनी प्रतियोगिताको सबै ब्याबस्थापन सहायक आयोजनाको जिम्मा अछाम क्रिकेट सँघले गर्ने भएको छ । फागुन २६ गतेबाट साफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा रहेको बडासैन खेलमैदान प्रतियोगिता हुन लागेको हो । साफेबगर नगरपालिकाका मेयर र स्थानिय युवाहरुका बिचमा भएको छलफलले अछामी युवाहरुलाई खेल क्षेत्रमा उत्सुकता जगाउनका लागि ठुलो धनराशिको प्रतियोगिता गर्न लागिएको साफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुवरले बताउनु भयो । 


यो बर्ष युवाका थुप्रै गतिवीधीका लागि ५ लाख रकम विनियोजित गरेको र जसमा युवा सञ्जालका गतीवीधी, राष्टपती रनीग शिल्ड र बाकी करिब डेढ लाख रुपैया मेयर कपका लागि विनियोजित गरेको उहाँले बताउनु भयो । पहीलो बर्ष भएकाले प्रतियोगिता सफल हुदै गएमा आगामि बर्षहरुमा धनराशि बढाउदै जाने उहाँको भनाई छ । युवाहरुको अभियानलाई सफल पार्न र त्रिकेटको बिकासलागी नगरपालीकाल गरेको सहयोगलाई सफल पार्न आफुहरु तत्पर रहेको प्रतियोगिताका ब्याबस्थापक तथा युवा अनिल कुवरले बताउनु भयो । 

प्रतियोगिता भब्य रुपमा सफल पार्नका लागि आवश्यक तयारि अगाडी बढीरहेको उहाँले बताउनु भयो । विगतका बर्षहरुमा अछामका युवा खेलाडीले क्रिकेट खेलमा स्थान नपाएको गुनासो बढ्दै गएकाले यो प्रतियोगिताका जिल्ला बाहीरका ३ जन खेलाडीलाई मात्र एक टिमले अनुबन्ध गर्न पाईने नियम बनाईएको बताउनु भयो । प्रतियोगितामा खेल्न आउने टिमको ब्यानर, पोशाक र खेलाडीको परिचय खुल्ने कार्ड अनिवार्य गरिएको कुवरले जानकारी दिनु भयो । ३ जना १ टिमले अनुबन्ध गर्न पाउने भएपछी  राष्टिय खेलाडीको समेत रिडीकोटको मैदानमा आगमन हुने उहाँको भनाई रहेको छ । प्रतियोगितामा सहभागितामा लागि ८ हजार टिम दर्ता शुल्क तोकिएको छ । जिल्लामा पछिल्लो समय क्रिकेट खेलप्रति अकर्षण बढीरहेको पाईएको छ । जिल्लामा हरेक बर्ष साँफेबगर, ओलिगाउँ, मंगलसेन, कालिका लगायतका स्थानमा आकर्षक पुरस्कार राशिका क्रिकेट प्रतियोगिता हुने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!