मेयर कपको दोस्रो दिन ५ खेल हुँदै, आयोजकद्धारा विजयी सुरुवात

Posted on: 11 Mar, 2018

कमल रावल | फागुन २७, अछाम | अछामको रिडीकोट्मा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन ५ वटा खेल हुने भएका छन । लिग चरणको प्रतियोगिताको दोस्रो तथा दोस्रो दिनको पहिलो खेल महेन्द्र माध्यामिक विद्यालय बयालपाटा र टँक स्मृती युवा जुपु, दोस्रो खेल सिवाईसि अत्तरिया र बान्नीगढी जयगढ गाउपालिका, तेस्रो खेल साफेबगर नगपालिका वडा नम्बर २ जाल्पादेवि वडा नम्बर ३ सिद्धेश्वर बिच हुने भएको छ । 


यस्तै चौथो खेल दिपक युवा क्लब कालिका र त्रिपुरा युवा क्लब मार्कु र आजको पाचौँ तथा अन्तिम खेल मंगलसेन नगरपालिका र मष्ठामाण्डौँ युवा क्लब साफेबगर बिच हुने भएको छ । लिग चरणको अन्तिम खेलमा रिडीकोट युवा क्लब र बैद्यानाथ युवा क्लब कालिमाटी भिड्ने छन । अछामका १४ वटा टिम र एक टीम कैलाली अत्तरियाको गरि १५ ट्मिको सहभागिता रहेको प्रतियोगिताको उदघाट्न खेलमा आयोजक साँफेबगर नगरपालिकाले बिजयी हासिल गरिसकेको छ । अँधिकाश ट्मिमा क्षेत्रिय स्तरका खेलाडी अनुबन्धका भएका कारण सबै टिम उपाधिका लागी त्यतिकै दाबेदार देखिएका खेल स्थलबाट पत्रकार कमल रावलले बताउनु भयो ।प्रतियोगिताको विजेताले १ लाख र उपविजेता २५ हजार पुरुस्कार पाउनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!