प्रथम मेयरकपमा क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिका र रिडीकोट विजयी

Posted on: 12 Mar, 2018

कमल रावल/फागुन २८ अछाम |अछामको बडसैन खेलमैदानमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिकाले आफनो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।


मंगलसेनले महेन्द्र माध्यामिक विदलय बयालपाटालाई ९ विकेटले पराजित गरेको छ ।

 ट्स जितेर पहीले फिल्डीग गरेको मंगलसेन १२ ओभरमा अलआउट गर्दै ९८ रनमा सिमीत पारेको थियो । जवाफमा मंगलसेनले मात्र १ विकेट गुमाएर ९ ओभरमा जित हासिल गरेको थियो । मंगलसनले हिक्मत सेट्टीले बिफोष्ट्क ब्याटिग गर्दै ६८ रनको नटआउट पारि खेलका थिए । हुन्य रनमा अजय बिष्टको रुपमा पहीलो बिकेट गुमाएको मंगलसनले त्यसपछी दोस्रो विकेटको रुपमा कप्तान छत्र बिक्रम रावल र सेट्टीले नट्आउट रहदै टिमलाई जिताएका थिए । सेट्टीले मात्र ३२ बलको सामना गर्दै ६ छक्का र ५ चौकाको मद्दतमा ६८ रन बनाएका हुन । त्यसअघि लिगको अन्तिम खेलमा रिडीकोट युवा क्लबले बैजनाथ युवा क्लब कालिमाटीलाई ५० रनले पराजित गरेको छ । ट्स जितेर पहीले ब्याटिग गरेको रिडिकोटले निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ९५ रन बनाएको थियो । जवाफमा कालिमाटी १० ओभरमा आफना सबै बिकेट गुमाउदै ४५ रनमा सिमीत रहेको थियो । अहीले सुर्यचन्द्र मावि पातलकोट र बान्नीगढी जयगढ गाउपालिका बिचको खेल जारी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!