रिडिकोटमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा ३ टिम विजयी

Posted on: 13 Mar, 2018

कमल रावल/फागुन २९ अछाम | रिडिकोटमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको चौथों दिन अहिले सम्म ३ टिम विजयी भएका छन ।


 साफेबगर नगरपालिका ४ मष्टामाण्डौ, सिवाईसि अतरिया र टँक स्मृति युवा क्लब टिकापुर जुपुर बिजयि भएका छन । 

पहिलो खेलमा मष्टामाण्डौले महेन्द्र माबि बयालपाटालाई ६ रनले पराजित गरेको छ ।मष्टामाण्डौले पहिले ब्याटिग गर्दै ४९ रन बनाएको थियो । जवाफमा बयालपाटा ४३ रनमा सीमित रहेको थियो । दोस्रो खेलमा आयोजक साफेबगर नगरपालिका सिवाईसि अतरिया संग ५ विकेटले पराजित भएको छ । 


टस जितेर पहिले ब्याटीग गरेको साफेबगरले जनक धामिको ५५ रनको मदतमा २ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो जवाफमा अतरियाले ११ ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको थियो । तेस्रो खेलमा टँक स्मृति युवा क्लब जुपु टिकापुरले साफेबगर नगरपालिका ३ सिद्धेश्वरलाई ३ रनले पराजित गरेको छ । टस जितेर पहीले ब्याटिग गरेको जुपुले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा सिद्धेश्वरले १२ ओभरमा ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जुपुका लागी यादव साउदले ४३ रनको योगदान दिएका थिए । अहीले त्रिपुरा सुन्दरी क्लब श्रीकोट र रिडीकोट युवा क्लब बिचको खेल जारी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!