विश्वकप-२०१८ को टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द, यस्तो छ कारण

Posted on: 15 Mar, 2018

चैत १, मस्को (रासस/एएफपी) | विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो । 

रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले बिहीबार संप्रेषण गरेका छन् । 

रसियामा आउदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!