नेपालले जित्न सकेन प्रतिष्ठाको लडाइँ, नेदरल्याण्डसँग ४५ रनले पराजित

Posted on: 17 Mar, 2018

चैत ३, काठमाडौँ | विश्वकप छनोटको प्ले अफ म्याचमा नेदरल्याण्ड्सले नेपाललाई ४५ रनले पराजित गरेको छ । 

नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरसम्मको खेलमा अल आउट हुँदा नेदरल्याण्ड बिजयी भएको हो । 

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो । नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २-२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका थिए ।


नेपालका लागि खेलमा ओपनर ज्ञानेन्द्र मल्लले ४ रन, अनिल शाहले ८ रन, कप्तान पारस खड्काले २२ रन, दिपेन्द्र सिङ एरिले २५ रन, अरिफ सेखले ५ रन, सोमपाल कामीले सर्वाधिक ३६ रन, करण केसीले १३ रन ल्याएका थिए | रोहित कुमार र शक्ति गौचनले भने कुनै रन बनाउन सकेनन | यस्तै सन्दिप लामिछानेले नट आउट रही १४ रन जोडे भने अन्तिममा आउट बनेका ललित राजबंसीले २ रन मात्र बनाए | 

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!