खेल मैदानमै खेलाडीहरुको भिडन्त, प्रहरीको लाठीचार्ज: त्रिभुवन आर्मीद्वारा खेल बहिष्कार

Posted on: 31 Mar, 2018

चैत १७, सर्लाही | सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबल अन्तर्गत शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम ११ बीच खेल मैदानमै कुटाकुट भएको छ । 

फाइनल खेलको दोश्रो हाफको खेल हुँदै गर्दा २-१ को स्कोरले पछी परेको आर्मीका खेलाडीले सुरुदेखिनै खेलको नियम पालना नगरी रफ खेलेको कारण झगडा भएको सूदुरपश्चिमले जनाएको छ । खेलको क्रममा ११ नम्बर जर्सी एरोनाले डबल एलो कार्ड सहित रेड कार्ड पाए । त्यसैले विवाद सुरु गर्यो ।


खेल जारी रहँदा मैदान भित्रै आर्मीका खेलाडीले सूदुरपश्चिमका खेलाडीलाई कुटेका थिए ।  मैदान झडप भएपछी प्रहरीले लाठिचार्ज समेत गरेको थियो । मैदानभित्रै खेलाडी कुटेपछी रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिए । मैदानमा झडप  भएपछि प्रहरीले लाठ्ठी चार्जसमेत गरेको थियो ।

आफ्ना ३ खेलाडीलाई रेडकार्ड दिएको झोकमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल मैदान छाडेर खेल्ने बहिस्कार गरि बाहिरिए । आर्मीले मैदान छाडेपछि सुदूरपश्चिम ११ ले स्वत: बिजयी भएको भन्दै नारावाजी गरेको थियो । 

आयोजकले भने सनिबारको खेल रद्द भएपछी आइतबार पुन: खेल खेलाइने जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!