हुम्लामा छैटौं राष्ट्रपति रनिङ शिल्ड शुरु

Posted on: 09 Apr, 2018

चैत २६ हुम्ला | जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ । 

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ । 

सहभागी हुनेमा मानसरोवर उच्च माध्यामिक विद्यालय महादेव, सैपाल बालमन्दिर, रामदेव कैलाश, रलिङ, कर्णाली, सीता, हुम्ला माध्यामिक विद्यालय, हिमज्योति माध्यामिक विद्यालयलगायत रहेका छन् । 

प्रतियोगितामा एथ्लेटिक्सतर्फ १३ वटा समूह, भलिबल प्रतियोगितामा ७७ छात्रा र ७६ छात्र सहभागि छन् । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष विनोद बोहोराले जानकारी दिनुभयो |रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!