आइपिएल क्रिकेट: हैदरावादद्वारा राजस्थान ९ विकेटले पराजित, १५.५ ओभरमै समेटियो राजस्थान

Posted on: 09 Apr, 2018

चैत २६, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत चौथो खेलमा आज सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । 

खेलमा पहिले ब्याटिङ सम्हालेको राजस्थान रोयल्सले पुरा २० ओभरको खेलमा १२५ रनमात्र जोड्न सक्दा हैदरावादले सहजै जित हात पारेको हो । राजस्थानले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १५.५ ओभरको खेलमै लक्ष्य पुरा गर्दै राजस्थानलाई पराजित गरेको हो । 


१२६ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ४९ रन जोडे । बाँकी ब्याट्सम्यानले १८ रन भन्दा बढी कटाउन नसक्दा ९ विकेटको क्षेतीमा १२५ रनको योगफल जोडियो । राजस्थानलाई सस्तैमा समेट्ने क्रममा हैदरावादले निकै उत्कृष्ण पर्दर्शन गर्यो । सुरुवातमा १.३ ओभरको खेलमा ६ रन जोड्दैमा हैदरावादका ब्याट्सम्यान वृद्धिमान साह आउट हुँदा राजस्थानका समर्थक निकै हौसिएका थिए तर त्यस पछि हैदरावादले कुनै विकेट गुमाएन । खेलमा शेखर धावन एक्लैले नटआउट ७७ रन बनाए । उनले १३ चौका र एउटा छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान काने विलयमसनले नट आउट ३६ रनको स्कोर बनाए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!