प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको शानदार जीत

Posted on: 14 Apr, 2018

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | प्रथम प्रदेश नं. १ स्तरीय कराते प्रतियोगिताको उपाधी खोटाङले जितेको छ । खरबन्दि कराते डोजो गोलधाप अर्जुनधारा झापाले आयोजना गरेको दुई दिवसीय प्रतियोगितामा ९ पदक जित्दै समुह प्रथम भएको हो । समुहले ३ स्वर्ण २ रजत, ४ कास्य जित हाँसिल गरेको थियो । 

मुलुक संघिय संचनामा गइसकेपछि गत चैत्र २९, ३० गते पहिलोपटक भएको ऐतिहासिक प्रदेश स्तरीय प्रतियोगितामा पुरुष एकलकातामा मोतिचन्द्र राई, महिला एकलकाता ५५केजीमा विद्याकला राई र ५५ केजी प्लसमा जस्मिना राई प्रथम भएको छ ।

महिला एकलकाताकै ५० केजी तौलमा रोश्मा राई, पुरुष एकलकातामा ४० केजी तौलमा प्रशान्त राई दोश्रो र ४५ केजी तौलमा पर्शुराज राई र ५० केजी तौलमा बिकल राई, ४५ केजीमा नन्जु राई तेश्रो भएका छन् । एकलकाता महिलामा रोश्मा राई तेश्रो भएको हो । 

विजयी टिम समुहले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका राष्ट्रिय निर्णायक मिलन कसजुले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट जिल्लालाई चिनाउने खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगरपालिकाले आवातजावत यातायात खर्चको प्रबन्ध मिलाएको थियो । गत २७ गते खेलाडीलाई विदाई गर्दै प्रदेश स्तरिय खेलमा जित हाँसिल गरेर आएमा आगामी बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन नगरले उचित पुरस्कारसहित बेग्लै सम्मान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनु भएको थियो ।  

क्याप्सनमा: खोटाङ डोजोका खेलाडी विजेता बनेपछि सामुहिक तस्विरमा | तस्विर: मिलन कसजुको फेसबुकबाट  

यस बिषयमा तपाइको प्रतिक्रिया...!