तीन पटक लगातार हारेको मुंबईद्वारा कोहोलीको टिम ब्यांग्लोर ४६ रनले पराजित

Posted on: 18 Apr, 2018

बैशाख ५, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डीएन्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ४६ रनले पराजित गरेको छ | 

टस जितेर पहिले फिल्डीङ रोजेको ब्यांग्लोरले मुम्बईले दिएको २१४ रनको लक्ष्य पुरा गर्न नसक्दा हार्न पुगेको हो | खेलमा ब्यांग्लोरले पुरा ओभर खेलेपनि १६७ रन मात्र जोड्न सक्यो | उसको लागि कप्तान बिराट कोहलीले नट आउट सर्वाधिक ९२ रन जोडे तर उनको यो स्कोरले ब्यांग्लोरलाई फाइदा जित दिलाउन प्रयाप्त रहेन | अन्तिम ओभरसम्ममा ८ विकेट गुमाएको ब्यांग्लोरका लागि अन्य खेलाडीले १९ रन भन्दा बढी कटाउन सकेनन् | मुंबईको लागि क्रुणाल पाण्डेले ३ विकेट लिए भने जसप्रीत बुमराह र मिशेल म्याक्लेनघनले २/२ विकेट पतन गराए |


यसअघि ब्याटिङ गरेको मुम्बई इन्डीएन्सले सुरुकै ओभरमा लगातार २ विकेट गुमाएको थियो | तर कप्तान रोहित शर्माले ९४ रनको पारि खेले | त्यस्तै उनको अलावा इविन लुइसले अर्धशतकीय पारीको योगदान दिए | मुम्बईका हार्दिक पाण्डेले ५ बलमै १७ रन बनाए | 


खेलमा २० ओभरमा २१३/६ बनाएको मुम्बईको लागि आजको खेल चौथो खेल हो | यस अघि लगातार तीन पटक हारेको मुम्बईले आजको खेलमा आफुलाई अब्बल सावित गरिदिएको छ | आजको खेल जित्दै मुम्बई रनरेटको आधारमा दिल्ली डेयरडेभल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोर भन्दा माथि उक्लिएको छ | कुल ८ टिम रहेको आइपिएलमा पहिलो स्थानमा सनराईजर्स हैदरावाद छ भने क्रमश कोलकाता नाइट राइडर्स दोश्रो, किंग्स एलाभेन् पन्जाब तेश्रो, चेन्नई सुपर किंग्स चौथो र राजस्थान रोयल्स पाँचौं स्थानमा छ | सनराईजर्स हैदरावाद सहित किंग्स एलाभेन् पन्जाब, चेन्नई सुपर किंग्स चौथो र राजस्थान रोयल्सले ३ खेल खेलेका छन् भने बाँकीले ४ खेल खेलिसकेका छन् | 


आजको खेल जितेर आफ्नो अंक तालिका मजबुत बनाउन चाहेका रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहलीको सपना अधुरो बनेको छ । उल्टो उनको टिमले फराकिलो अंकले हार व्यहोर्नु परेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!