IPL-2018: क्रिस गेलद्वारा पहिलो सतक, लगातार जितिरहेको हैदरावादलाई १९३ रनको लक्ष्य

Posted on: 19 Apr, 2018

वैशाख ६, काठमाडौँ | आइपिएल क्रिकेट २०१८ मा क्रिस गेलले पहिलो सतक हान्दै नयाँ रेकर्ड राखेका छन् | किंग्स इलाभेन पन्जाबको लागि खेलेका क्रिस गेलले सनराइजर्स हैदरावादबिरुद्ध ६३ बलमा नट आउट रहेर १०४ रन हानेपछि उनि हाइएस्ट रन बनाउने खेलाडी बनेका हुन् | 

टस हारे पहिले ब्याटिङ गरेको पंजावले २० ओभरको खेल खेल्दै हैदरावाद बिरुद्ध १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ | 


खेलमा पंजावका लागि क्रिस गेलले जोडेको १०४ रनको अलावा करुण नायरले २१ बलमा ३१ रन बनाए भने २१ बल खेलेका लोकेश राहुलले १८ रन जोडे | त्यस्तै मयांक अग्रवालले ९ बलमा १८ रन जोडे | त्यस्तै खेलमा पछिल्लो पटक ब्याटिङमा आएका अरुण फिँचले नट आउट ६ बलमा १४ रन जोडे | यसरी खेलमा ३ विकेट गुमाई किंग्स ईलाभेन पंजावले १९३ रन बनाएको छ |

पंजावको ३ विकेट लिने क्रममा हैदरावादका भुवनेश्वर कुमार, रशिद खान र सिद्धार्थ कावुलले १/१ विकेट लिए | अहिले पंजावले दिएको १९३ रनको लक्ष्य हैदरावादले पछ्याउँदैछ | हैदरावादले आइपीएल २०१८ को अहिलेसम्मको तीन खेलमा सबैमा जित हाँशिल गरेको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!