दुनै प्रिमियर लिग सिजन ५ सुरु

Posted on: 21 Apr, 2018

टेकबहादुर शाही | बैशाख ८, डोल्पा | डोल्पा सदरमुकाम दुनैमा दुनै प्रिमियर लिक पाचौँ सस्करण “डिपिएल” सूरु भएको छ । डोल्पामा रहेका क्रिकेटका खेलाडीहरुलाइ क्रिकेटमा उत्साहित बनाउनका लागि बिगत ४ बर्ष देखि दुनै प्रिमियर “डिपिएल” को आयोजना गरिएको आयोजकका संयोजक क्षितिज गूरुङ्गले जानकारी दिए । 

शनिबार देखी संचालन भएको दुनै प्रिमियर लिग “डिपिएल”को खेलमा डोल्पाकै ४ वटा टिमहरुले सहभागीता जनाएको आयोजकले जानकारी दिएको छ । 

पाचौ स.स्करणमा दुनै लाइन्स क्लब, दुनै कोब्ब्रा क्लब,दुनै टाइगर टिम र जिल्ला प्रहरी कार्यलय डोल्पाले खेल्ने छन । उद्धघाटनको पहिलो खेलमा दुनै कोब्ब्रा क्लब र दुनै लाइन्स क्लब बिच प्रतिसपर्दा भएको थियो भने पहिलो चरणको दोस्रो खेलमा नेपाल प्रहरी र दुनै टाइगर बिच खेल भएको छ ।  

डिपियल दुनै क्रिक्रेट खेलको औपचारीक उद्धघाटनका साथ खेल सुरु मुख्य प्रायोजन ओमेन्द्र केसी र साहायक प्रायोजक चन्द्र बुढाले बलिङ्ग र बयाटिङ्ग गरेर खेल उद्धघाटन गरिएको छ । भने खेलको आयोजना गुरुङ्ग होटेल दुनैले गरेको छ । 


आज भएको पहिलो खेलमा पहिला ब्याटिङ्ग गर्न आएको दुनै लाइन्सले १८ ओभरमा अल आउट हुदै १५३ रण बनायो । खेल अबधिभर गणेश बुढाले ५३ रण बनाएर अर्धशतक पारि खेले । त्यसै गरि दुनै कोब्ब्राका सुरेस रोकायाले सर्बाधिक ४१ रण बनाउन सफल भए ।

जफाबी ब्याटिङ्ग गर्न आएको दुनै कोब्ब्राले ८ विकेट गुमाउदै जित हहात पारेको छ । दुनै लाइन्सको लागी अबिशेक केसीले ४ विकेट लिए भने दुनै कोब्ब्राको लागी सर्बाधिक ४ विकेट सुसोत परियारले लिए ।  

दोस्रो खेलमा टस हारेर ब्याटिङ्ग गरेको दुनै टाइगर्स ९४ रणमा अलआउट भयो । जवाफी ब्याटिङ्गमा आएको नेपाल प्रहरी डोल्पाले ७ विकेट गुमाउदै जित हात पारेको छ ।  भोली हुने खेल नेपाल प्रहरी डोल्पा र दुनै लाइन्सको खेल हुने  आयोजक गुरुङ्ग होटेलले जानकारी दिएको छ । 

दुनै प्रिमियर लिगमा प्रथम हुनेले नगद ५० हजार प्रमाणपत्र मेडल र दोस्रो हुनेले २० हजार मेडल प्रमाणपत्र पाउने छन । खेलको आयोजना होटेल गूरुङ्ग,ओमपार रेष्टुरेण्ट लगायत दर्जनौले गरेका छन । खेल लिगचरणमा हुने आयोजकले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!