IPL-11: रोमान्चक खेलमा राजस्थानले मुंबईलाई ३ विकेटले हरायो

Posted on: 23 Apr, 2018

वैशाख १०, काठमाडौँ | भारतमा जारी आईपीएल सीजन ११ को २१ औं खेलमा राजस्थान रोयल्सले मुंबई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ | टस जितेर पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सको टिमले २० ओभर को खेलमा ७ विकेट गुमाई १६७ रन बनायो र राजस्थान रोयल्सलाई जितको लागि १६८ रनको लक्ष्य प्रस्तुत गर्यो | जवाफमा राजस्थान रोयल्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाईइ उक्त लक्ष्य पुरा गर्यो |

खेलमा संजू स्यामसनले ५२ रनको शानदार अर्धशतक र बेन स्टोक्सले ४० रनको उपयोगी पारि खेले त्यसपछि कृष्णप्पा गौतमले नट आउट ११ बलमा ३३ रनको विजयी पारी खेलेपछि राजस्थान रोयल्सले रोमांचक जित हाँशिल गर्दै मुम्बई इंडियन्सलाई पराजित गर्न सफल भएको हो |


यस अघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले ७२ र ईशान किशनले ५८ रनको उत्कृष्ट अर्धशतक जोडेका थिए तर यो स्कोर मुंबईको जितको लागि प्रयाप्त हुन सकेन | सूर्यकुमार र किशनले दोश्रो विकेटको लागि १२९ रनको शतकीय साझेदारी गरेका थिए | IPL-११ मा हालसम्म कुनैपनि टीमले बनाएको यो नै पहिलो ठूलो साझेदारी हो | यही साझेदारी र सुरुवातमा निकै आकर्षक खेलेको मुम्बईले ११ ओभरमै १०० रन कटाए पनि त्यसपछिको खेलमा स्कोर जोड्न सकेन | खेलमा कप्तान रोहित शर्मा खाता नखोली रन आउट बनेका थिए | मुम्बईले अन्तिमको ३५ बलमा मात्र ३७ रन बनाएको थियो | जुन राजस्थानसँगको मुकाविलामा निकै खराव सावित भयो | साथै यही अवस्थामा ६ विकेट गुमाउन पुगेको थियो | राजस्थानको लागि आर्चरले सर्वाधिक तीन विकेट लिए भने धवल कुलकर्णीले २ विकेट र जयदेव उनादकटले १ विकेट लिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!