सन्दिप लामिछानेको टिम दिल्लीको पाँचौं हार, पन्जाव ४ रनले बिजयी

Posted on: 24 Apr, 2018

वैशाख ११, काठमाडौँ | आइपिएल क्रिकेट सिजन ११ अन्तर्गत भएको २२ औं खेलमा दिल्ली डेयरडेविल्सलाई दिल्ली स्थित फिरोजशाह कोटला स्टेडियममा किंग्स इलाभेन पन्जावले ४ रनले पराजित गरेको छ । 

टस जितेर बलिङ रोजेको दिल्लीले पन्जावले दिएको १४४ रनको लक्ष्य दिल्लीले ४ रनले भेट्न नसक्दा पराजित हुन परेको हो । खेलमा किंग्स इलेभेन पन्जावले ८ विकेट गुमाई १४३ रन बनाएको थियो । पन्जावको ८ विकेट लिने क्रममा दिल्ली डेयरडेविल्सका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै ट्रेन्ट बोल्ट र आवेश खानले २/२ विकेट लिएका थिए ।

खेलमा किंग्स इलेभेन पन्जाबका लोकेश राहुलले ३, एरोन फिन्चले २, मयंक अग्रवालले २१, करुण नायरले ३४, युवराज सिंहले १४, डेविड मिलरले २६, रविचन्द्रन अश्विनले ६ र एन्ड्रयू टाईले ३ रन बनाए । त्यस्तै बरिन्दर सरन शून्य रनमै आउट भएका थिए । किंग्स इलेभेन पन्जाबले आजको खेलमा आफ्नो होनाहार ब्याट्सम्यान क्रिस गेललाई आराम गर्न लगाएको थियो । उनको स्थानमा डेविड मिलरलाई टीमले खेलाएको थियो । 

माथिको तश्विरमा: खेल जितेपछि खुसि मनाउंदै पन्जाव | 

यसपछी खेलमा पन्जावले दिएको १४४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा दिल्ली डेयरडेविल्सले २० ओभर को खेलमा ८ विकेट गुमाई १३९ रन बनाउन सक्यो । खेलमा दिल्लीका लागि पृथ्वी सावले २२ रन, कप्तान गौतम गम्भीरले ४ रन, ग्लेन म्याक्सवेलले १२ रन, श्रेयस ऐयरले सर्वाधिक ५७ रन, रिशभ पन्तले ४ रन, दान क्रिस्टिएनले नट आउट ६ रन, राहुल तेवतियले २४ रन, लियम प्लुन्केटले कुनै रन बनाउन सकेनन् भने अमित मिश्रले नट आउट १ रन बनाएका थिए । खेलमा दिल्लीको विकेट लिने क्रममा पंजावका अंकित राजपुत, आन्द्रेव टे र मुजिव अर रहमानले २/२ विकेट लिए भने बरिन्दर स्रानले १ विकेट लिएका थिए । 


आइपिएल क्रिकेटमा दिल्लीमा अनुबन्दित भएका नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई दिल्लीले ६ खेलमा खेलाएको छैन । २० लाखमा दिल्लीले सन्दिपलाई किनेको थियो ।  दिल्लीको बलिङ फर्म कमजोर रहेको विश्लेषण गरे पनि सन्दिपले कुनै अवसर पाउन सकेका छैनन् । नेपाली क्रिकेटप्रेमीहरुले दिल्लीको खेललाई निकै चासोका साथ हेर्दै आएका छन् । 

आइपिएल ११ अन्तर्गत हालसम्म ६ खेल खेलेको दिल्लीले हालसम्म ५ खेलमा पराजित हुनु परेको छ भने ८ टिममध्ये दिल्ली सबैभन्दा तल्लो स्थानमा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!