आईपीएलमा हैदरावादको चमत्कार, मुम्बई इन्डीएन्स घरमै अल आउट !

Posted on: 25 Apr, 2018

वैशाख १२, काठमाडौँ | आईपीएल सिजन ११ अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बईको घरेलु मैदानमा मुम्बईलाई अल आउट गरेर चामत्कारिक खेल पर्दर्शन गरेको छ | 

खेलमा जम्मा ११९ रनको लक्ष्य पाएको मुम्बईलाई हैदरावादले ८७ रन मात्र जोड्न दिएर ३१ रनले पराजित गरेको हो | आइपिएल सिजन ११ मा सबैभन्दा कम स्कोरमा रोकिएको यो नै पहिलो खेल हो | 


मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको खेलमा हैदराबादले जितेको यो पहिलो रेकर्ड हो । २०१३ मा पहिलो पटक आईपीएल खेलेको हैदराबादको टिमले यस मैदानमा यसअघि खेलेको ३ मध्य सबै खेलमा हारको सामना गर्नु परेको थियो । खेलमा ११९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ८७ रन बनाएर अल आउट भयो । 

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले ११८ रन बनाउने क्रममा शिखर धावनले ६ बलमा ५ रन, केन विलिम्सनले २१ बलमा २९ रन, व्रिद्दिमान साहले २ बलमा कुनै रन जोड्न सकेनन् भने मनिष पाण्डेले ११ बलमा १६ रन, सकिव अल हसनले ४ बलमा २ रन, युसुफ पठानले ३३ बलमा २९ रन, मोहम्मद नावीले १० बलमा १४ रन, रसिद खानले ९ बलमा ६ रन, बसिल थम्पीले ६ बलमा ३ रन, सिद्धार्थ काउलले ९ बलमा २ रन र नट आउट रहेका सन्दिप शर्माले १ बलमै बिना रन आउट भएका थिए | यसरी  सनराइजर्स हैदरावादले ८ विकेटको क्षेतिमा ११८ रन मात्र बनाएको थियो । खेलमा हैदरावादको विकेट लिने क्रममा मुम्बईका मिशेल मैक्लेनाघन, हार्दिक पाण्डे र मायांक मर्कंडेले २/२ विकेट लिए भने जसप्रित बुम्राह र मुस्तफिजुर रहमानले १/१ विकेट लिएका थिए ।

तश्विरमा: हैदरावादले दिएको ११९ रनको सस्तो लक्ष्यपछी मुम्बईका समर्थकमा खुसियाली |

मात्र ११९ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्न आएको मुम्बई इन्डीएन्सका लागि सुर्य कुमार यादव र कुर्णाल पाण्डे बाहेक अन्य खेलाडीले ९ रन भन्दा बढी जोड्न सकेनन् । खेलमा सुर्य कुमार यादवले ३४ रन बनाएका थिए भने कुर्णाल पाण्डेले २४ रन बनाएका थिए । खेलमा इसान किसान र मिशेल मैक्लेनाघनले कुनै रन जोड्न सकेनन् । त्यस्तै मयंक मर्कंडे र मुस्तफिजुर रहमानले १/१ रन मात्र जोड्न सके ।  १९ बल खर्चिएका हार्दिक पाण्डेले निकै महँगो खेल खेले उनले जम्मा ३ रन मात्र जोड्न सके । 

मुम्बईलाई अल आउट गर्ने क्रममा हैदरावादका रशिद खानले सर्वाधिक उत्कृष्ट बलिङ गरेका थिए । उनले खेलमा १६ डट बल खेल्दै २ विकेट पनि हात पारे । ४ ओभरको खेलमा उनले ११ रन मात्र दिएका थिए । त्यस्तै मुम्बईको ३ विकेट सिद्धार्थ कोउलले लिए । त्यस्तै बसिल थम्पीले २ विकेट लिए भने सकिव अल हसन, मोहम्मद नावी र सन्दिप शर्माले १/१ विकेट लिएका थिए । 

माथिको तश्विरमा: खेलमा विकेट लिएपछि खुसि हुँदै हैदरावादका बलर रशिद खान | उनि खेलमा म्यान अफ द म्याच घोषित भए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!