मंगलसेनमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने

Posted on: 26 Apr, 2018

कमल रावल | बैशाख १३, अछाम | मंगलसेन नगरपालिकामा प्रथम मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । 

मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद बिकास समिती अछामसँगको सहकार्यक्रमा बैशाख २० गतेबाट प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । अछाम जिल्लाका १० वटा स्थानिय तहका भलिबल टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार सहित कप हात पार्नेछ भने दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पुरुस्कार पाउने नगरपालिकाले जनाएको छ । 

अछामका भलिबल खेलाडीको प्रतिभा प्रष्फुट्नका लागि प्रतियोगिता आयोजना गरिएकाले भब्यताका साथ सफल हुने मंगलसेन नगरप्रमुख पदम बहादुर बोहराले बताउनु भयो । सम्बन्धीत स्थानिय तहको खेलाडीले मात्र प्रतियोगिता सहभागिता जनाउन पाउने भएकाले कुनै खेलाडीमा सँका आएमा मतदाता नामावली र नागरिकताको प्रमाणपत्र समेत अनिवार्य समाबेश गर्ने नियम बनाईएको जिल्ला खेलकुद बिकास समिती अछामका कोषाध्यक्ष तपेन्द्र कुमार स्वारले बताउनु भयो । 

मंगलसेन रँगशालामा हुने प्रतियोगितामा बैशाख १९ गते बेलुकासम्म दर्ता भएका टिमले खेल्न पाउने उहाँले बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!