आइपिएल २०१८ - पन्जावलाई अलआउट गर्दै हैदरावादको छैटौं जित

Posted on: 27 Apr, 2018

वैशाख १४, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत बिहिबार राति भएको २५ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई १३ रनले पराजित गरेको छ |

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले ६ विकेट गुमाई पुरै ओभरमा १३१ रन बनाई किंग्स ईलाभेन पंजावलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा पन्जावले ११९ रन जोड्दै गर्दा हैदरावादले १९.२ ओभरमै अल आउट गरिदियो | 


खेलमा पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ५४ रन जोडेका थिए | पाण्डेले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए | त्यस्तै सकिव अल हसनले २८ रन जोडे भने युसुफ पठानले नट आउट २१ रन जोडेका थिए | खेलमा सनराइजर्स हैदरावादको ६ विकेट लिने क्रममा पन्जावका अंकित राजपुतले ५ विकेट लिए भने मुजिव उर रहमानले १ विकेट लिएका थिए | 


खेलमा किंग्स इलाभेन पंजावका लागि लोकेस राहुलले सर्वाधिक ३२ रन जोडे, खेलमा क्रिस गेलले २३ रन मात्र बनाउन सके भने करुण नायरले १३ रन जोडे | त्यस्तै मयंक अग्रवालले १२ रन जोडे भने बाँकी ब्याट्सम्यानले १० रन  भन्दा बढी रन नजोड्दै आउट हुन पुगे | खेलमा १९.२ ओभरको खेलमा पंजाव अल आउट हुन पुग्यो | पंजावलाई अल आउट बनाउने क्रममा हैदरावादका होनाहार बलर रशिद खानले ११ डट बल सहित ३ विकेट लिएका थिए | त्यस्तै सन्दिप शर्मा, बसिल थम्पी र शकिव अल हसनले २/२ विकेट लिन सफल भए | 

खेलमा पन्जावको खेललाई समर्थन गर्दै अभिनेत्री प्रिती जिन्टा | 

 खेलमा सनराइजर्स हैदरावादको समर्थनमा झण्डा उचाल्दै अभिनेता वेन्कटेस दग्गुवती | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!