भनभनेको भलिवल प्रतियोगितामा विजेता टिमुरखर्क

Posted on: 29 Apr, 2018

प्रेम सुनार | वैशाख १६, गुल्मी । जन जागृति युवा क्लव, मदाने गाउँपालिका वडा नम्वर ७, भनभनेले  दुई दिन देखि आयोजनका गरेकोे भलिवल प्रतियोगितामा सनराईज युवा क्लव  साविकको भनभने ७ टिमुखर्कले विजयी हाँसिल गरेको छ ।

क्लवको ५ औं वार्षिकोत्सवको अवसरमा  साविकको भनभनेको वडा स्तरिय भलिवल प्रतियोगितामा  उपविजेता बनेको छ घरेलु टिम जनजागृति युवा क्लव । त्यस्तै तृतिय पुरस्कार पनि आयोजक कै अर्को टिमले हाता पारेको छ ।

पुरस्कार राशी क्रमशः १० हजार, ७ हजार र ४ हजार रहेको छ  । उक्त नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्थानिय समाज सेवी बुद्धिबहादुर जिसी, क्लवका अध्यक्ष गोपाल भण्डारी   लगायतका अतिथीहरुले वितरण गरेका थिए ।

कार्यक्रममा मदाने गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत सुरेश भण्डारी, मदाने ७ का वडाध्यक्ष काँशीबहादुर बोहरा , नेकपा एमालेका जिल्ला सदस्य चन्द्रबहादुर सुनार , नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रामप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, दिपक माविका प्रधानध्यापक थानेश्वर खनाल लगायतकाको विशेष आतिथ्यता रहेको थियो  ।

खेलाडी एवं दर्शकलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले खेल शाररिक चुस्ता र अनुशासनरका लागि खेल भएको बताउँदै अहिलेको सरकारले युवाहरुलाई रोजगारी र खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु  ल्याउने जानकारी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!