केहिबेरमा दिल्लीले आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईसँग खेल्दै, दिल्लीको टिम ११ सार्वजनिक

Posted on: 30 Apr, 2018

वैशाख १७, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले दोश्रो स्थानमा रहँदै बलियो पकड बनाएको चेन्नई सुपरकिंग्ससँग सामना गर्दैछ | साथै दिल्लीले टस जितेर फिल्ड रोजेको छ | 

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेपनि उनले खेल्न भने पाएका छैनन् | आजको आठौँ खेलमा पनि सन्दिपले अवसर पाएका छैनन् । सन्दिप आइपिएलमा अनुबन्धित हुनुनै नेपालको लागि ठूलो अवसर भएको बताइएको भए पनि खेलप्रेमी दर्शकहरुले एक पटक भए पनि उनलाई मैदानमा हेर्न चाहेका छन्दि भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट थाहा हुन्छ |  

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्लीले चेन्नईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । खेलमा दुई खेल मात्र जितेको दिल्लीले जितको खोजी गर्नेछ भने चेन्नईले बलियो स्थान बनाउने आशा गरेको छ । 

दिल्लीले यस अघि ५ खेल हारीसकेकोले आजको खेल जित्नु निकै महत्वपूर्ण ठानेको छ । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा उसले निरन्तर जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

यस अघिका कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछी दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हालेका छन । यस अघि कोलकातालाई ५५ रनले हराएको दिल्लीले आजको खेलमा पनि उत्कृष्ट पर्दर्शन गर्ने आशा गरिएको छ । 


यस अघि कोलकातासँगको खेलमा दिल्लीले जो-जो खेलाडी उतारेको थियो आज पनि उही खेलाडीहरुले खेल्दैछन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!