दिल्लीको रोमान्चित क्रिकेट: १९६ रन बनाउँदै गर्दा फेरी पानी परेपछि खेल रोकियो

Posted on: 02 May, 2018

वैशाख १९, काठमाडौँ | अहिले जारी आईपिएल क्रिकेट सिजनको ३१ औं खेलमा दिल्ली डेयर डेभल्स र राजस्थान रोयल्सबीच क्रिकेट खेल जारी छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको राजस्थानलाई दिल्लीले आकर्षक खेल खेल्दै १७.१ ओभरको खेलमा १९६ रन बनाउँदै गर्दा पानी परेपछि खेल रोकिएको छ  | 

पहिले ब्याटिङ गर्ने क्रममा दिल्लीका ओपनर पृथ्वी सावले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेका थिए | सावसंगै ओपनर ब्याट्सम्यान कोलिन मुनरोभने पहिलो बलमै बिना रन आउट भए | मुनरो आउट हुँदा दिल्लीले जम्मा १ रन जोडेको थियो | 

त्यसपछि आएका दिल्लीका कप्तान श्रेयस यैएरले कप्तानी पारी खेले उनले आजको खेलमा अर्धसतक बनाए | उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए | त्यसपछि चौथो ब्याट्सम्यानका रुपमा आएका रिशब पन्तले ६९ बनाए | पन्तले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए | त्यसपछि आएका ग्लेन म्याक्सवेलले ५ बलमा ५ रन बनाएर आउट भए भने विजय शंकर ६ बलमा १५ रन बनाई आउट भए | 


दिल्लीले खेलमा अझै ५ बल खेल्न बाँकी छ | पानीका कारण १८ ओभरमा समेटिएको खेलमा १७.१ ओभरको खेल खेल्दा खेल्दै फेरी पानी परेपछि खेल पुन: रोकिएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!