आईपिएलमा मुम्बईद्वारा पन्जाव पराजित, अब कति खेल बाँकी ?

Posted on: 05 May, 2018

वैशाख २२, काठमाडौँ | भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत ३४ औं खेलमा आज मुंबई इंडियन्सले किंग्स इलेवन पन्जाबलाई ६ विकेटले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलेवन पन्जाबको टीमले २० ओभरमा ६ विकेट गुमाई १७४ बनाएर मुंबईलाई जीतको लागि १७५ रनको टार्गेट दिएको थियो | जवाफी ब्याटिङ गर्दै मुंबई इंडियन्सले १९ ओभरमै लक्ष्य पुरा गर्दै पन्जावलाई पराजित गरेको हो |

मुंबईको लागि सूर्यकुमार यादवले ४२ बलमा ६ चौका र तीन छक्काको मद्दतले ५७ रनको पारी खेलेका थिए | त्यस्तै कप्तान रोहित शर्माले नट आउट २४ रन र क्रुणाल पाण्डेले नट आउट ३१ रन बनाएर टीमलाई जित दिलाउन सफल भएको हो | जित दिलाउने क्रममा कुर्णाल पाण्डेले मात्र ११ बलमा चार चौका र दुई छक्का हान्दै मुम्बईलाई जित दिलाएका हुन् | 

यसअघि पंजावले टस हारेर पहिले ब्याटिङ गर्दै पुरा २० ओभरमा ६ विकेट गुमाई १७४ रन बनाएको थियो | १७४ रनको स्कोर जोड्ने क्रममा पंजावका क्रिस गेलले सर्वाधिक ५० रन जोडे | उनले आफ्नो पारीमा ४० बलको सामना गर्दै ६ चौका र २ छक्का लिएका थिए |


गेलको अलावा अन्तिममा खेलेका मार्कस स्टोइनिसले २५ बलमा दुई चौका र दुई छक्काको मद्दतले २९ रनको पारी खेलेका थिए | बाँकी खेलाडीले ११ देखि २४ रनका बीच स्कोर जोडे | पंजावको विकेट लिने क्रममा मुम्बईका मिचेल, जसप्रित, हार्दिक, मयंक र बेन कटिङले १/१ विकेट लिएका थिए |   

आजको खेलमा जित्दै मुम्बई इन्डीएन्स ३ खेलमा जित हांसील गर्दै पाँचौं स्थानमा उक्लिएको छ | 


आइपिएलमा आज बेलुका २ खेल हुँदैछ | आजको खेलमा दिउसो पौने ४ बजे देखि चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुँदै छ भने बेलुका सबा ८ बजेदेखि सनराइजर्स हैदरावाद र दिल्ली डेयरडेभल्स बीच हुँदैछ | यस बाहेक आईपिएलका थप २४ हुनेछ |  आइपिएलको फाइनल खेल २७ मेका दिन मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!