बैशाख २६ देखि ओलिगाउमा ११ औँ जिल्ला स्तरिय तथा प्रथम मेयरकप क्रिकेट

Posted on: 06 May, 2018

कमल रावल | वैशाख २२, अछाम | बर्षेनि अछामको ओलिगाउमा हुने जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा यस बर्ष पनी हुने भएको छ । ११ औँ जिल्ला स्तरिय तथा प्रथम मेयरकप त्रिकेट प्रतियोगिताको रुपमा बैशाख २६ गतेबाट सुरु हुने भएको छ । 

मंगलसेन नगरपालिकाका र वडा नम्बर ९ वलिगाउको सहयोग तथा मंगला बिकास क्लब र जिल्ला युवासंञ्जाल अछामको आयोजनामा प्रतियोगिता हुने लागेको हो । मंगला बिकास क्लब ओलिगाउको बसेको बैठकले प्रतियोगितालाई सफल पार्नका लागि सबै सरोकारवालासंग समन्वय साथ अघि बढ्ने निर्णय गरेको छ । क्लबका अध्यक्ष गणेश बहादुर रावलको अध्यक्षता तथा वडा अध्यक्ष झपट् बहादुर रावलको बिशेष उपस्थितीमा बसेको बैठकले यसबर्षको प्रथम पुरुस्कार राशि ७७ हजार ७ सय ७७ तोकेको छ भने सान्तवना ट्मिलाई २१ हजार पुरुस्कार दिने निर्णय गरेको छ । यसअघि आफ्नै पहलमा मंगला बिकास क्लबले १० औँ जिल्ला स्तरिय क्रिकेट् प्रतियोगिता ब्यक्तिगत पहलमा गर्दै आईरहेको थियो । 

१० औँ जिल्ला स्तरिय ३६ हजार राशिको थियो भने यसपाली प्रतियोगिता नै परिणत गरि ११ औँ तथा मेयरकपको रुपमा गत बर्षको भन्दा दोब्बर ७७ हजार ७ सय ७७ राशिको बनाईएको हो । प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच प्रतियोगिता अवधिभर उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज समेत प्रदान गरिने पत्रकार कमल रावलले बताउनु भयो । प्रतियोगिता सफल पार्नका लागि अछाम जिल्लाका १० वटै स्थानियतहलाई पत्राचार गरिसकिएको र आवश्यक मैदानको ब्याबस्थापन कार्यसमेत अघि बढिसकेको बताईएको छ । ट्ेनिसबलबाट खेलाईने प्रतियोगितामा एक ट्मिले अछाम बाहीरका ३ जना खेलाडी समेत अनुबन्ध गर्न पाईने नियम बनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!