IPL- राजस्थान विरुद्ध पन्जावका लोकेस राहुलको धमाका: कुन टिम कुन स्थानमा पुगे ?

Posted on: 07 May, 2018

वैशाख २४, काठमाडौँ | किंग्स इलेवन पन्जाबले राजस्थान रोयल्समाथि धमाकेदार जीत दर्ता गरेको छ |  आफ्नो दोश्रो घरेलु मैदान इन्दोरको होल्कर स्टेडियममा भएको खेलम पन्जाबले राजस्थानलाई  केएल राहुलको शानदार अर्धशतकसँगै ६ विकेटले पराजित गरेको हो |

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सको टीमले २० ओभरमा ९ विकेट गुमाई १५२ रन बनायो र किंग्स इलेवन पन्जाबलाई जितको लागि १५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा किंग्स इलेवन पन्जाबले १८.४ ओभरको खेलमै सो लक्ष्य पुरा गरेको हो |


यस जीतबाट पंजाबको टिम ९ म्याचमा ६ जित सहित १२ अंक बनाएर प्वाइन्ट्स टेबलमा तेश्रो स्थानमा पुगेको छ | राजस्थानको ९ खेलमा यो छैठौं हार हो र टीम छ अंक सहित अन्तिम स्थानमा पुगेको छ |

पन्जाबले ब्याट्सम्यान लोकेश राहुलको अर्धशतक पारीको मद्दतले प्लेअफमा स्थान बनाउने आफ्नो दावी पक्का गरेको हो | खेलमा राहुलले ५४ बलमा तीन छक्का र सात चौका प्रहार गर्दै नट आउट ८४ रनको उत्कृष्ट पारी खेलेका थिए | 

हेर्नुहोस् आइतबार रातिको खेलपछि आईपिएलमा कुन टिम कुन स्थानमा छ ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!