दिल्लीका ब्याट्सम्यानले एकै म्याचमा २ रेकर्ड तोडे: सबैभन्दा बलियो टिमलाई १८८ रनको लक्ष्य

Posted on: 10 May, 2018

वैशाख २७, काठमाडौँ | सनराइजर्स हैदराबाद र दिल्ली डेयरडेविल्स बीच अहिले जारी आईपीएल सीजन ११ को ४२ औं खेलमा दिल्लीको फिरोजशाह कोटला स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली डेयरडेविल्सको टिमले पुरा २० ओभरको खेलमा ५ विकेट गुमाई १८७ रन बनाएको छ र आइपिएलकै सबैभन्दा शिर्ष स्थानमा पुगेको सनराइजर्स हैदराबादको टीमलाई १८८ रनको लक्ष्य दिएको छ | दिल्लीका लागि ऋषभ पन्तले सनराइजर्स हैदराबादका बलरहरुको आक्रमणलाई धज्जि उदाउँदै ५६ बलमा शतक खेल्दै ६३ बलमा १२८ रनको पारी खेलेका छन् | आफ्नो यो पारीमा उनले १५ चौका र ७ छक्का प्रहार गरेका छन् | 


दिल्लीको चौथो ओभरको खेलमा सनराइजर्स हैदराबादका बलर शकिब अल हसनले पृथ्वी शव र जेसन रोयलाई आउट गरेर लगातार दुई विकेट लिएको थियो | खेलमा पृथ्वी साव ९ रन मात्र जोडेर  आउट भएका थिए भने जेसन रोय ११ रन बनाएर पवेलियन फर्किए | आठौँ ओभरमा श्रेयस अय्यर (३) रनमै आउट भए | उनलाई विकेटकीपर श्रीवत्स गोस्वामीको थ्रोमा सन्दीप शर्माले रन आउट गरेका थिए |

त्यसपछि खेलमा दिल्लीले चमत्कारिक पर्दर्शन गर्यो | खेलमा ग्लेन म्याक्सवेलले रिशव पन्तसँग फराकिलो पारी खेले तर उनले ८ बलमा ९ रन जोडेर आउट भए भने उनि पछी आएका दिल्लीका विजय शंकरले कुनै बल नखेली नट आउट रहे | १९.१ ओभरको खेलमा म्याक्सवेल आउट भएपछी रिशव पन्तले पाँच बलमा लगातार ४-४-६-६-६ रन बनाएका थिए | एकै म्याचमा नट आउट १२८ रन बनाएर दिल्लीका रिशव पन्तले हाइस्कोरको रेकर्ड सँगै आइपिएल २०१८ मा हालसम्म ५२१ रन बनाई सबैभन्दा माथिल्लो स्थानमा पुगेका छन् |

अहिले दिल्लीले दिएको १८८ रनको लक्ष्य हैदरावादले पछ्याईरहेको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!