हैदरावादद्वारा दिल्ली ९ विकेटले पराजित, दिल्लीका रिशव पन्तले राखे सर्वाधिक १२८ रनको रेकर्ड !

Posted on: 11 May, 2018

वैशाख २८, काठमाडौँ | आइपिएल सिजन ११ को बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेविल्सलाई ९ विकेटले पराजित गरेको छ |


पहिले ब्याटिङ गरेको दिल्लीको लागि रेशव पन्त एक्लैले १२८ रन जोडेर अन्य ब्याट्सम्यानको रन अंक सहित १८७ रन जोडेको थियो | तर दिल्लीले दिएको १८८ रनको लक्ष्य १ विकेट गुमाएर हैदरावादका ब्याट्सम्यानहरु शिखर धावन र केन विलियमसनले आइपिएलकै सर्वाधिक साझेंदारी गर्दै १८.५ ओभरको खेलमै दिल्लीले दिएको लक्ष्य पुरा गर्यो | खेलमा सुरुमा हैदरावादका एलेक्स हिल्सलाई दिल्लीका हर्सल पटेलले १४ रन बनाउंदा आउट  गराए, त्यसपछि दिल्लीले कुनै विकेट लिन सकेन | जसको कारण दिल्लीले हार्न पुग्यो | हैदरावादलाई जित दिलाउने क्रममा शेखर धावनले नट आउट ५० बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै ९२ रन बनाएका थिए | त्यस्तै खेलमा ५३ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै कप्तान केन विलियमसनले नट आउट ८३ रन बनाएका थिए |


यसअघि टस हारेर ब्याटिङ गरेको दिल्ली डेयरडेविल्सले पुरा २० ओभरको खेलमा ५ विकेट गुमाई १८७ रन बनाएको थियो र आइपिएलकै सबैभन्दा शिर्ष स्थानमा पुगेको सनराइजर्स हैदराबादको टीमलाई १८८ रनको लक्ष्य दिएको थियो | दिल्लीका लागि ऋषभ पन्तले सनराइजर्स हैदराबादका बलरहरुको आक्रमणलाई धज्जि उडाउँदै ५६ बलमा शतक खेलेर ६३ बलमा १२८ रनको पारी खेलेका थिए | आफ्नो यो पारीमा उनले १५ चौका र ७ छक्का प्रहार गरेका थिए | 


दिल्लीको चौथो ओभरको खेलमा सनराइजर्स हैदराबादका बलर शकिब अल हसनले पृथ्वी शव र जेसन रोयलाई आउट गरेर लगातार दुई विकेट लिएको थियो | खेलमा पृथ्वी साव ९ रन मात्र जोडेर आउट भएका थिए भने जेसन रोय ११ रन बनाएर पवेलियन फर्किएका थिए | आठौँ ओभरमा श्रेयस अय्यर (३) रनमै आउट भए | उनलाई विकेटकीपर श्रीवत्स गोस्वामीको थ्रोमा सन्दीप शर्माले रन आउट गरेका थिए |

त्यसपछि खेलमा दिल्लीले चमत्कारिक पर्दर्शन गरेको थियो  | खेलमा ग्लेन म्याक्सवेलले रिशव पन्तसँग फराकिलो पारी खेले तर उनले ८ बलमा ९ रन जोडेर आउट भए भने उनि पछी आएका दिल्लीका विजय शंकरले कुनै बल नखेली नट आउट रहे | १९.१ ओभरको खेलमा म्याक्सवेल आउट भएपछी रिशव पन्तले पाँच बलमा लगातार ४-४-६-६-६ रन बनाएका थिए | एकै म्याचमा नट आउट १२८ रन बनाएर दिल्लीका रिशव पन्तले हाइस्कोरको रेकर्ड सँगै आइपिएल २०१८ मा हालसम्म ५२१ रन बनाई सबैभन्दा माथिल्लो स्थानमा पुगे तर उनको १२८ रनले दिल्लीलाई जिताउन सकेन | दिल्लीका बलरहरु जमेर खेल्न नसक्दा आजको खेलमा ठूलो स्कोर जोडेर पनि दिल्ली हार्न पुग्यो |

खेल हारेसँगै आइपिएल २०१८ अन्तर्गत दिल्ली बाहिरिने पक्कापक्कि भएको छ भने हैदरावाद शिर्ष स्थानमा मात्र नभई बाँकी खेलमा हारे पनि टप ३ मा पर्ने अवस्थामा पुगेको छ | दिल्लीले खेल हारेपनि उसको ब्याट्सम्यान रिशव पन्तले हाइस्कोरमा आफ्नो नाम राख्ने पक्का जस्तै छ | अब बाँकी खेलमा १२८ रन भन्दा बढी जोड्न नसके उनलेनै आइपिएल ११ को म्याच हाइ स्कोरको रेकर्ड राख्नेछन् | यस सिजनको सर्वाधिक हाइस्कोरमा यस अघि वाटसनले १०६ रन बनाएका थिए | 

४२ औं खेल सम्पन्न हुँदासम्म कुन टिम कुन स्थानमा छ ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!