केहिबेरमा दिल्ली र ब्यांग्लोरबीच खेल हुँदै, आज सन्दिप लामिछानेले खेल्दै

Posted on: 12 May, 2018

वैशाख २९, काठमाडौँ | आज बेलुका ८:१५ बजेदेखि सुरु हुने खेलमा IPL 2018 को सातौँ स्थानमा रहेको बिराट कोहलीको टिम रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग आफ्नो १२ औं खेलको सामना गर्दैछ । आइपिएल सिजन ११ को ४५ औं खेलमा आज दिल्लीले ब्यांग्लोरसँग कडा प्रतिष्पर्धा गर्ने छ । दिल्लीले ११ खेलमा ८ खेल हारिसकेको छ भने ब्यांग्लोर १० खेलमा ३ खेल मात्र जितेको छ । 

ब्यांग्लोरलाई आजको खेल जित्नु निकै आवश्यक छ | दिल्लीको भने टप यस मानेमा हैदरावादलाई हराउनु दिल्लीको लागि ठूलो सफलता हुनेछ । 

यसै बीच दिल्लीले टस हारेर ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दिल्लीले नेपालका सन्दिप लामिछानेलाई खेलाएको छ ।  

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेका थिए र उक्त सपना आज पुरा भएको छ । आजको खेलमा सन्दिपले खेल्ने भएका छन्।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!