IPL- दिल्लीद्वारा ब्यांग्लोरलाई १८२ रनको लक्ष्य, अब सन्दिप लामिछाने सहितले फिल्डीङ गर्दै

Posted on: 12 May, 2018

वैशाख २९, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत अहिले भईरहेको खेलमा सन्दिप लामिछानेको टोलीले ब्यांग्लोरलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ | 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका रिशव पन्तले सर्वाधिक ६१ रन बनाएका छन् उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् | उनले यस अघिको खेलमा नट आउट १२८ रन बनाएका थिए |


आजको खेलमा दिल्लीका ओपनर पृथ्वी सावले ४ बलमा २ रन मात्र बनाएर आउट भए भने अर्का ओपनर जसन रोय ९ बलमा १२ रन बनाई आउट भए |

त्यसपछि कप्तान श्रेयस ऐयरले ३५ बलमा ३२ रन बनाएर क्याचआउट हुन पुगे | त्यसपछि आएका विजय शंकरले नट आउट २० बलमा २१ रन जोडे भने आइपिएलमा दिल्ली मार्फत पहिलो डेब्यु गरेका १७ बर्षीय ब्याट्सम्यान अभिषेक शर्माले १९ बलमै नट आउट ४६ रन जोडिदिए | उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए | उनकै मद्धतले दिल्लीले पुरा ओभर खेल्दै ४ विकेटको क्षेतीमा १८१ रन बनाएको छ | 


अब रोयल च्यालेन्जर्स ब्यांग्लोर ब्याटिङ गर्दैछ | नेपालीको लागि आज दिल्लीको खेलमा निकै चासो छ, किनकी आइपिएल २०१८ मा पहिलो पटक डेब्यु गरेका सन्दिप लामिछानेले आजको खेलमा पहिलो पटक डेब्यु खेल खेल्दैछन्  |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!