यसरी लिएका थिए डेब्यु खेलमै सन्दिपले विकेट, १० डट बल, २५ रनमात्र दिए (तश्विर सहित)

Posted on: 12 May, 2018

वैशाख ३०, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पहिलो डेब्यु खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् भने उनको २४ बलमा बिराट कोहलीको टिमले २५ रन मात्र दिएर सम्मानजनक खेल खेलेका छन् | लामिछानेले आफ्नो दोश्रो ओभरको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका पार्थिव पटेललाई आउट गरेका हुन् | 

सन्दिपले तेश्रो ओभरको खेलमा चौथो बलमा पार्थिव पटेललाई आउट गरेका थिए | पार्थिवले खेलमा ६ रन मात्र जोड्न सक्दा सन्दिपले आउट गरिदिएका हुन् | आजको खेल सन्दिपको लागि निकै आकर्षक रह्यो | खेलमा उनको आक्रामक पर्दर्शनको निकै चर्चा पनि भएको छ | तल केहि तश्विर र उनले लिएको विकेटको भिडियो हेर्न सक्नुहुनेछ |  



खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो |

ब्यांग्लोरको जित 

यसै बीच खेलमा सन्दिप लामिछानेको उत्कृष्ट खेलका बाबजुत दिल्लीलाइ ब्यांग्लोरले ५ विकेटले पराजित गरेको छ | १८२ रनको लक्ष्य पछ्याउने क्रममा ब्यांग्लोरका एबी डेभिलियर्स र विराट कोहलीले क्रमश ७२ र ७० रनको पारी खेलेका थिए | खेलमा बिराटलाई अमित मिश्राले बिराट कोहलीलाई आउट गरे भने एबी डेभिलियर्स नट आउट रहे | 

खेलमा सबैभन्दा आकर्षक खेलखेलेका सन्दिपको बलिङ स्कोर तलको अंक तालिकामा हेर्नुहोस् 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!