आइपीएल: मुम्बईलाई ७ विकेटले पराजित गर्दै राजस्थान माथि उक्लियो (अंक तालिका सहित)

Posted on: 14 May, 2018

वैशाख ३१, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत आइतबार बेलुका भएको ४७ औं खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गर्दै राजस्थान रोयल्स आइपिएल टिम आठ मध्ये ५ औं स्थानमा पुगेको छ ।

जित अघि आइपिएल अंक तालिकामा छैटौं स्थानमा रहेको राजस्थान जितसँगै पाँचौं स्थानमा उक्लिएको हो । 


आजको खेलमा हार बेहोरेपछि मुम्बई इन्डीएन्स भने यस अघि राजस्थान रोयल्सको स्थान छैटौंमा झरेको छ । हालसम्म १२ खेल खेलेको राजस्थान आइतबारको खेलसँगै ६ खेल जितेर १२ प्वाइन्ट जोड्दै अन्तिम ४ को लागि बलियो स्थितिमा छ । 

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मुम्बईका लागि इभन लुइसले सर्वाधिक ६० रनको पारी खेले । उनले बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै सूर्यकुमार यादवले ७ चौकासहित ३८ रन जोडे भने हार्दिक पाण्ड्याले ३ चौका र २ छक्कासहित ३६ रन बनाएका थिए । 


मुम्बईको विकेट लिने क्रममा बलिङतर्फ बेन स्टोक्स र जोफ्रा आर्चरले २–२ विकेट लिए भने जयदेव उनादकट र धवल कुलकर्णीले १–१ विकेट लिएका थिए । यसरी खेलमा पुरा ओभर खेल्दा मुम्बईले राजस्थानलाई १६९ रनको विजय लक्ष्य दिएको थियो । 

मुम्बईले दिएको १६९ रनको लक्ष्य पुरा गर्ने क्रममा राजस्थानका डी-आर्ची सर्टले ४ रन मात्र जोड्न सके भने अर्का ओपनर जोस बाटलरले नट आउट सर्वाधिक ९४ रनको पारी खेले । बटलरले नटआउट ९४ रन जोड्ने क्रममा ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।  त्यस्तै खेलमा अजिंक्या रहानेले ३६ बलमा ३७ रन बनाएर आउट भए । त्यसपछी आएका सन्जु सामसन १७.५ ओभरको खेलमा २६ रन बनाएर आउट भए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । यसरी मुम्बैले दिएको १६९ रनको बिजयी लक्ष्य १८ ओभरमै पुरा गर्दै राजस्थानले आफ्नो खातामा छैटौं जित दर्ता गर्न सफल भयो ।  खेलमा राजस्थानको ३ विकेट लिने क्रममा हार्दिक पाण्डेले २ विकेट लिए भने जसप्रित बुम्राहले १ विकेट लिएका थिए । 

आइपिएल २०१८ मा हालसम्मको खेलबाट कुन टिम कुन स्थानमा छन् हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!